दिव्य प्रेम रसधार हो ।
प्रज्वलित सङ्गीत शिखाको,
प्रेम मूलाधार हो ।।
शब्दमा सङ्गीत छ,
सङ्गीतभित्रै शब्द छ ।
पारलौकिक शान्तिधुन यो,
लोक–हृदय झङ्कार हो ।।
प्रज्वलित सङ्गीत .........
सङ्गीत शाश्वत प्रकृति,
सुन नाद अखण्ड परावृति ।
सङ्गीत–सोमाचमन जगतमा,
श्रेष्ठ सङ्गम द्वार हो ।।
प्रज्वलित सङ्गीत...........
निर्झरा नमिकण–पवन सङ्गीतमय छ ।
कृष्णमीराको मिलन सङ्गीतमय छ ।।
त्यो बाँसुरी, त्यो प्रेमगीत,
अरु नृत्य सब सङ्गीतमय छ ।।
सङ्गीत यो जीवनसुमनको
आत्मपूजा हार हो ।
प्रज्वलित सङ्गीत शिखाको
प्रेम मूलाधार हो ।।
रचना : कृष्णसिंह पेला
No comments:
Post a Comment